कालीकोटमा दुई सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार
कालीकोट | फागुन १८, २०७९
तस्बिर: साभार
कालीकोट: कालीकोट पलाँता गाउँपालिकाबाट दुई जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा पलाँता अस्पतालमा सुत्केरी हुन नसकेका दुई महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ ।
कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले पलाँता गाउँपालिका– २ का ३० वर्षीया सुनखुट्का न्यौपाने र वडा नम्बर ३ का २० वर्षीया सुबिस्ता विकको हेलिकोप्टरमार्फत उद्धार गरिएको जानकारी दिनुभयो ।
प्रजिअ अधिकारीका अनुसार फागुन १६ गते दुवै जना अस्पताल आउनुभएको थियो । उहाँहरूमा समस्या देखिएका कारण हेलिकोप्टरको व्यवस्था गरी उद्धार गरिएको बताउनुभयो ।
पलाँता अस्पतालमा दुवै जनाले बच्चा जन्माउन नसक्ने अस्पतालका डा. बिज कुमार महतले जानकारी दिनुभएपछि जिल्ला प्रशासन कार्यालय कालीकोटको अनुरोधमा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सुर्खेत लगिएको छ ।
पलाँता गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा पलाँता सरकारका प्रवक्ता तिलक बुढाले गाउँपालिका, चिकित्सक र जिल्ला प्रशासन कार्यालयको पहलमा दुई जना सुत्केरी हुन नसकेका महिलाको उद्धार भएको जानकारी दिनुभयो ।
उहाँले सहयोग गर्ने सबै प्रति धन्यावाद दिनुहुँदै आगामी दिनमा पनि राष्ट्रपति महिला उत्पादन कार्यक्रम अर्थात् सुत्केरी बचाउने राष्ट्रपति कार्यालयको कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. रत्नवीर सुनारले हेलिकोप्टरमार्फत उद्धार भएलगतै प्रदेश अस्पतालमा अप्रेसन गरिएको जानकारी दिनुभयो ।
उहाँले साल पाठेघरको मुखमा अगाडि आएका कारणले गर्भवतीको ज्यान जाने खतरालाई मध्यनजर गरेर सुर्खेत पठाएको बताउनुभयो । सुर्खेत प्रदेश अस्पतालमा अप्रेसनपछि पेटमै परेका बच्चा निकालिएको छ ।
अप्रेसनपछि महिलाको अवस्था खतरा मुक्त रहेको आफूले जानकारी पाएको प्रमुख सुनारले जानकारी दिनुभयो । गत माघ २७ गते जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ७ की ३४ वर्षीया नन्दा विष्ट रावतको पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
अप्रेसनपछि पनि रक्तश्राप नरोकिएपछि प्रदेश अस्पताल सुर्खेतमा नौ दिनपछि उहाँको यही फागुन ६ गते निधन भएको थियो । कालीकोटा पछिल्लो समस्या गर्भवतीमा महिलाको बच्चाभन्दा पहिला साल निस्कने वा पाठेघरको मुखमा आएर बस्ने समस्या बढिरहेका छन् ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

